लखनउलाई ८१ रनले हराउँदै मुम्बई आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा

 जेठ ११, २०८० बिहीबार ६:१८:४१ | एजेन्सी
unn.prixa.net

काठमण्डौ – लखनउ सुपर जायन्ट्सलाई हराउँदै मुम्बई ईन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ ।

गएराति चेन्नईमा भएको ईलिमिनेटर खेलमा मुम्बई ८१ रनको फराकिलो अन्तरले विजयी भयो ।

मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउ १६ ओभर ३ बलमा १ सय १ रनमा समेटियो ।

लखनउका मार्कुस स्टोयनिसले सर्वाधिक ४० रन बनाए । लखनउका अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

मुम्बईका आकाश मधवालले ३ ओभर ३ बलमा ५ रन खर्चिएर ५ विकेट लिए । क्रिस जोर्डन र पीयुष चावलाले समान १/१ विकेट लिए ।

लखनउका तीन जना खेलाडी रन आउट भएका थिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो ।

मुम्बईका क्यामरन ग्रीनले सर्वाधिक ४१ रन बनाए । त्यस्तै सूर्यकुमार यादवले ३३ र तिलक बर्माले २६ रन जोडे ।

लखनउका नविन उल हकले ४ विकेट लिए । यश ठाकुरले ३ र मोहसिन खानले एक विकेट लिए ।

दोस्रो क्वालिफायरमा भोलि मुम्बई र गुजरात टाइटन्सबिच फाइनल पुग्न खेल हुनेछ । 

पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै चेन्नई सुपर किंग्स फाइनलमा पुगिसकेको छ । फाइनल खेल आइतवार हुनेछ । 

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया