कोलम्बियामा ६० लाख नागरिक प्राकृतिक ग्यासको पहुँचबाट वञ्चित

 जेठ ११, २०८० बिहीबार १९:३२:२१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

कोलम्बियामा ६० लाख जना मानिस प्राकृतिक ग्यासको पहुँचबाट वञ्चित भएका छन् । ज्वालामुखी नजिकैको क्षेत्रमा लागेको ‘भूमिगत आगलागी’ का कारण ग्यास पाइपलाइनहरू बन्द गर्नुपरेको र यसबाट ६० लाख जना नागरिक प्रभावित भएको खानी मन्त्रालयले जनाएको छ ।

पाइपलाइन कम्पनीका अनुसार  सेवालाई पुनः सञ्चालनमा ल्याउन कम्तीमा एक हप्ता लाग्न सक्ने सरकारी अधिकारीले बताएका छन् । कोलम्बियाको पाँच करोड जनसङ्ख्यामध्ये दुई तिहाइ नागरिक खाना पकाउने र अन्य प्रयोगका लागि इन्धनमा निर्भर छन् ।

सामाजिक सञ्जालमा शेयर गरिएका तस्बिरहरूका अनुसार केही बासिन्दाहरूले ग्यासको विकल्पमा दाउरामा खाना पकाउन थालेका छन् । यस्तै, हजारौँ मानिस विद्युतीय चुल्हो किन्नका लागि लामो लाइनमा बसेको देख्न सकिन्छ । धेरैजसो ग्यास–सञ्चालित सार्वजनिक यातायातहरूले सेवा प्रवाहलाई रोकेका खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया