सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो

 जेठ १२, २०८० शुक्रबार १२:११:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख ८ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

हिजो तोलामा १ हजार रुपैयाँले घटेर सुन १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया