दक्षिण कोरियामा विमान अवतरण हुनुअघि ढोका खोलिदिने एक जना यात्रु पक्राउ

 जेठ १२, २०८० शुक्रबार १३:५६:१२ | एजेन्सी
unn.prixa.net

दक्षिण कोरियामा विमान अवतरण हुनुभन्दा पहिले नै विमानको ढोका खोलिदिएपछि एक जना यात्रु पक्राउ परेका छन् ।

दक्षिण कोरियाको दक्षिणी टापु जेजुबाट देगु अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको एसियाना एअरलाइन्सको विमानको ढोका खोलिदिएको आरोपमा झन्डै ३० वर्षका पुरुषलाई पक्राउ गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विमानमा एक सय ९४ जना यात्रु थिए । ढोका खुले पनि विमान सुरक्षितरूपमा अवतरण भएको छ । केही यात्रुले रोक्ने प्रयास गर्दा गर्दै एक यात्रुले विमानको आपत्कालीन ढोका खोलिदिएका दक्षिण कोरियाली यातायात मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ती व्यक्तिले कुन उद्देश्यले ढोका खोले भन्नेबारे खुलाइएको छैन ।

घटनापछि यात्रुहरू आत्तिएका थिए । श्वासप्रश्वासमा अफ्ठ्यारो भएका यात्रुहरूलाई अस्पताल लगिएको छ । विमानमा बालबालिकाहरू समेत थिए । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया