पाँच वर्षपछि तुम्लिङ्गटारमा वायुसेवा निगमको जहाजले उडान भर्ने

 कात्तिक ८, २०७५ बिहिबार ८:५६:१६ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – पूर्वी पहाडी जिल्ला संखुवासभाको एक मात्रै तुम्लिङ्गटार विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले पाँच वर्षपछि उडान भर्ने भएको छ ।

पाँच वर्षअघि बन्द भएको वायुसेवा निगमको जहाजले तुम्लिङ्गटारमा तिहारपछि नियमित उडान भर्ने तयारी गरेको जनाएको हो । पाँच वर्षअघि निगमको जहाजले तुम्लिङ्गटार—बिराटनगर, तुम्लिङ्गटार–काठमाडौ उडान भर्ने गरेको थियो । यात्रुको चापलाई मध्यनजर गर्दै तिहार पछि नियमित उडान भर्ने तयारी गरेको निगमका क्षेत्रीय निर्देशक नारायण पुरीले जानकारी दिनुभयो ।

उहाँको अनुसार, निगमले सानो टुइनेटर जहाज फेजआउट गरेको र ठूला जहाजको संख्या कम भएकाले उडान बन्द गरिएको थियो । अब निगममा जहाज थपिएकाले पुनः तुम्लिङ्गटार नियमित रुपमा संचालन गर्ने तयारीमा जुटेको हो ।

स्थानीयहरुले सरकारी निगमका जहाजले संखुवासभाबासीलाई धेरै राहत दिएकाले उडान बन्द नगर्न पटक—पटक आग्रह गर्दा पनि सुनुवाई भएको थिएन । फेरि अहिले संचालनमा आउने खबरले संखुवासभाबासीन्दामा हौसला थपिएको स्थानीयहरुको भनाइ छ ।

सरकारी निगमका जहाजमा स्थानीयहरुलाई केही राहत हुने गरेको स्थानीयहरुको बुझाइ छ । सिकिस्त बिरामी पर्दा र सारोगारो पर्दा सरकारी जहाजमा अलि सहज हुने उनीहरु बताउँछन् ।

अहिले तुम्लिङ्गटारमा निजी क्षेत्रका बुद्ध र यति एयरलाइन्सले नियमित रुपमा तुम्लिङ्गटार–काठमाडौं र बिराटनगर उडान भर्दै आएको छ । 
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया