पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
भारतमा नयाँ संसद् भवनको उद्घाटन कसले गर्ने भन्नेमा सत्तारूढ र विपक्षी दलबीच विवाद बढेको छ । भोलि प्रधानमन्त्री नरेन्द्र मोदीले संसद् भवन उद्घाटन गर्ने तयारी गर्नुभएकोमा १९ वटा विपक्षी दलहरूले विरोध गरेका हुन् ।
विपक्षीहरुले संसद् भवनको उद्घाटन राष्ट्रपतिबाट गराउनुपर्ने बताएका बीबीसी हिन्दीले जनाएको छ । भवन उद्घाटन समारोहमा राष्ट्रपतिलाई बोलाइएको छैन । संसद् भवनको शिलान्यास प्रधानमन्त्री मोदीले नै सन् २०२० को डिसेम्बर १० मा गर्नुभएको थियो।
विपक्षी दलले पुरानो संसद् भवन हुँदाहुँदै आवश्यकताभन्दा पनि प्रधानमन्त्री मोदीको नाममा इतिहास बनाउन मात्रै भवन बनाइएको आरोप समेत लगाएका छन् । ६४ हजार ५ सय वर्गमिटर क्षेत्रफल ओगटेको नयाँ भवनमा लोकसभामा ८ सय ८८ र राज्यसभामा ३ सय ८४ सिटको व्यवस्थापन गरिएको छ।
भवन नौ अर्ब भारतीय रुपैयाँ लागतमा बनाइएको हो ।
यसैबीच भारतले नयाँ संसद् भवन उद्घाटनको अवसरमा ७५ रुपैयाँको सिक्का सार्वजनिक गर्ने भएको छ । भारतको अर्थ मन्त्रालयले नयाँ संसद् भवनको उद्घाटनको सम्झनामा ७५ रुपैयाँको सिक्का जारी गरिने घोषणा गरेको हो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।