भारत लैजान लागेको २२ कार्टुन जाँड–रक्सीसहित माेटरसाइकल बरामद

 जेठ १४, २०८० आइतबार १५:४६:५६ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको जाँड–रक्सी र भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । 

महोत्तरी प्रहरीले पश्चिमी सीमावर्ती मनरासिस्वा नगरपालिका–९ दशगजा क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा गए राति २२ कार्टुन जाँड–रक्सी र एक थान मोटरसाइकल बरामद गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीपकुमार गिरीले बताउनुभयो । भारतको बिहार राज्यमा जाँड–रक्सी प्रतिबन्धित रहेको अवस्थामा नेपालबाट भारततर्फ लैजाँदै गर्दा प्रहरी टोलीलाई देखेर तस्कर मोटरसाइकल र समान छाडेर भागेका थिए ।

सीमा क्षेत्रबाट बरामद गरेको जाँड–रक्सी र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेकाे प्रहरीले जनाइको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया