बाँकेको नरैनापुरमा आगलागीबाट ११ घरगाेठ जलेर नष्ट, १७ लाख रुपैयाँभन्दा बढीको क्षति

 जेठ १५, २०८० सोमबार ६:४७:१६ | रासस
unn.prixa.net

फाइल तस्बिर

बाँके - बाँकेको नरैनापुर गाउँपालिका–५ को जमुनहा गाउँमा हिजाे आगलागी हुँदा ११ वटा घर र एउटा गोठ जलेर नष्ट भएको छ । आगलागीबाट १७ लाख रुपैयाँभन्दा बढीकाे क्षति भएकाे छ। 

स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागीबाट जब्बर खाँ, रञ्जु यादव, बिहारीलाल कुम्हर, सलमान खाँ, राजकरण कुम्हार लगायत ११ जनाको घर र फकिरे खाँको गोठमा पूर्ण क्षति पुगेकाे भगवानपुरका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो  ।  दिउँसो १२ बजेदेखि सुरु भएको आगलागी ३ बजे नियन्त्रणमा आएको थियो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, गाउँपालिकाको दमकल, नेपालगञ्जको दमकल र स्थानीयवासीको सहयोगमा आगाे निभाइएकाे प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।

पीडितहरुलाई पालिकाका तर्फबाट सहयोग गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया