तीन जना नेपाली र पाकिस्तानी दम्पतीले गरे मनास्लु हिमालको सफल...
असोज ७, २०८० आइतबार
टर्कीका वर्तमान राष्ट्रपति रिसेप तैयप एर्डोगान राष्ट्रपति चुनावमा विजयी हुनुभएको छ। उहाँले ५२ प्रतिशत मत प्राप्त गर्दै प्रतिद्वन्द्वी केमल किलिच्दारोग्लुलाई पराजित गर्नुभयो ।
त्यहाँका निर्वाचन अधिकृतका अनुसार एर्डोगानले ५२ दशमलव १६ प्रतिशत मत पाउनु भएको छ । दुई हप्ता अघि मे १४ तारिखमा भएको पहिलो चरणको मतदानमा वर्तमान राष्ट्रपति एर्डोगान र उहाँका प्रतिस्पर्धी किलिच्दारोग्लु दुवैले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि हिजो पुनः मतदान भएको हो ।
टर्कीमा राष्ट्रपति चुनिन ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । २० वर्षसम्म सत्तामा रहेका एर्डोगान फेरि ५ वर्षका लागि राष्ट्रपतिमा चयन हुनु भएको हो । जित पछि उहाँले आफूलाई विश्वास गरेर मतदान गर्ने नागरिकलाई आभार व्यक्त गर्नुभएको छ ।
उहाँले यो जित समग्र टर्कीका नागरिकको जित भएको पनि बताउनु भएको छ । उहाँका समर्थक र शुभचिन्तकले जितपछि उत्सव मनाउन थालेका छन् ।