आउँदो आर्थिक वर्षका लागि बजेट भाषण सुरु

 जेठ १५, २०८० सोमबार १६:२२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा बजेट वाचन गर्न सुरु गर्नुभएको हो ।

सरकारले साढे छ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राख्दै १७ खर्ब रुपैयाँ आसपासको बजेट ल्याउने तयारी गरेको छ । योजना आयोगले आउँदो आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट ल्याउन सिलिङ दिएको छ ।

आउँदो बजेटमा साधारण खर्च कटौती, पुँजीगत खर्चमा वृद्धि, अनावश्यक सरकारी संरचनाको खारेजी तथा मर्जर, प्रत्यक्ष वैदेशिक लगानीको सीमा हटाउने लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया