साढे ३८ अर्ब वैदेशिक सहायता अपेक्षा गरेकोमा जम्मा २४ अर्बमात्रै आउने अनुमान

 जेठ १५, २०८० सोमबार १६:५४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आउँदाे आर्थिक वर्षका लागि वैदेशिक सहायतातर्फ ३८ अर्ब ४६ करोड रुपैयाँ अनुदान र ऋण एक खर्ब ७० अर्ब ५४ करोड रुपैयाँ परिचालित हुने संशाेधित अनुमान सार्वजनिक गरेको छ ।

आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुँदा वेदेशिक सहायता परिचालन अपेक्षा गरेभन्दा कम भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभयाे । चालु आवमा वैदेशिक सहायतातर्फ २४ अर्ब ८१ करोड रुपैयाँ अनुदान र एक खर्ब ७२ अर्ब ८८ करोड रुपैयाँ ऋण आउने अनुमान गरिएको थियो । 

दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत सुधारको नारासहित ल्याइएको बजेटमा वैदेशिक अनुदानको ठूलो महत्त्व रहने छ । तर सरकारले चालु आवमा अनुमान गरिएको भन्दा निकै कममात्र वैदेशिक सहायता पाएको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया