सरकारको खर्च कटौती योजना : नयाँ गाडी नकिन्ने, थन्किएका गाडी लिलाम

 जेठ १५, २०८० सोमबार १६:५९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षमा अनावश्यक क्षेत्रमा हुने खर्च कटौती गर्ने भएको छ । संसदमा बजेट पेस गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले उस्तै प्रकृतिका २० वटा संस्था खारेज गर्ने जानकारी दिनुभयो ।

यस्तै विभिन्न प्रकारका भत्ताको खारेज गरिने उहाँले बताउनुभयो । नयाँ गाडी नकिन्ने, अत्यावश्यकबाहेक नयाँ भवन नबनाउने, गाडीको सुविधा पाउने कर्मचारीलाई इन्धन खर्चबापत नगद नै दिने तथा पुराना र प्रयोगविहीन सामान छ महिनाभित्र लिलाम गर्ने, अत्यावश्यकबाहेक वैदेशिक भ्रमणमा रोक लगाउने लगायतका व्यवस्था गरिने अर्थमन्त्री महतले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

1 Comments

  • Rita Sapkota Acharya

    May 30, 2023, 4:01 p.m.

    निर्णय त राम्रो को कार्यन्वयन मा पनी छिट्टै आओस देश को कती जिल्ला शिटामोल जिबन जल नपाएर जनता मर्दा सामन्य उपचारको लागी १५ करोड लिएर नेता जबसम्म रहिरहन्छन तब सम्म देश को स्थिती सुधार हुदैन । जनता ले पाउने सामान्य भत्ता कटौती गर्ने अनी नेता ले बिलासी जिबनयापन गरेर देश बन्दैन जबसम्म भ्रष्टाचार जरै देखी निर्मुल हुदैन नी तबसम्म यहा भन्दापनी बढी आर्थिक मन्दी झेल्नु पर्छ देशले र जनताले

  •  0 Reply

तपाईको प्रतिक्रिया