कांग्रेस महासमिति बैठक तयारीका लागि समिति गठन
असोज ८, २०८० सोमबार
काठमाण्डाै – सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । औषधिको प्रयोजनका लागि लागि सरकारले गाँजा खेतीको अध्ययन गर्ने भएको हो ।
संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले औषधिको प्रयोजनका लागि गाँँजा खेतीको अध्ययन गरिने बताउनुभयो ।
सरकारले किसानका लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री महतले कृषि क्षेत्रको विकासका लागि किसानलाई उत्पादनमा प्रोत्साहन दिन याे कार्यक्रम ल्याइएको बताउनु भयो । उहाँले उत्पादन साथमा, अनुदान हातमा भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने बताउनुभयो ।
अर्थमन्त्री महतले औद्योगिक प्रवर्धन, पूर्वाधार एवम् मानव संशाधन विकासलाई बजेटले प्राथमिकतामा राखेको बताउनुभयो । वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षित गरिने पनि उहाँको भनाइ छ ।
ई–कमर्सबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्धन र नियमन गर्न कानुनी व्यवस्था गरिने विषय पनि बजेटमा छ ।
Top oli chhetri
June 2, 2023, 7:50 a.m.Ganja farming is very nessary