अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि कोष स्थापनार्थ एक अर्ब रुपैयाँ विनियोजन

 जेठ १५, २०८० सोमबार १७:४०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिने भएको छ ।

सोमवार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो बताउनुभएको हो ।

उहाँले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब रुपैयाँ विनियोजन गरेको बताउनु भयो । उहाँले कोष सञ्चालन गर्न आवश्यक कानून तर्जुमा गर्ने बताउनु भयो । उहाँले सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्तन, आविष्कारसमेतका कार्यक्रमलाई यसमा आबद्ध गर्दै लगिने बताउनु भयो । 

उहाँले प्रदेश र स्थानीय तहलाई यस कोषमा रकम जम्मा गर्न प्रोत्साहित गरिने बताउनुभयो । नवप्रवर्तन, आविष्कार र अुनुसन्धानसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छुट्टै इकाइ स्थापना गरिने साथै उहाँले उद्यमशील सोच र संस्कृतिको विकास एवम् उद्यमशील सोचलाई व्यवसायमा रुपान्तरण गर्न काठमाण्डौमा इनोभेसन सेन्टर स्थापना गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिइनेछ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब विनियोजन गरेको छु । कोष सञ्चालन गर्न आवश्यक कानून तर्जुमा गरिनेछ । सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्तन, आविष्कारसमेतका कार्यक्रमलाई यसमा आबद्ध गर्दै लगिनेछ ।’

उहाँले अगाडि भन्नुभयो, ‘प्रदेश र स्थानीय तहलाई यस कोषमा रकम जम्मा गर्न प्रोत्साहित गरिनेछ । नवप्रवर्तन, आविष्कार र अनुसन्धानसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छुट्टै इकाइ स्थापना गरिनेछ । मुलुकमा नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्ट अप इकोसिस्टम विकास गरिनेछ । उद्यमशील सोच र संस्कृतिको विकास एवम् उद्यमशील सोचलाई व्यवसायमा रुपान्तरण गर्न काठमाण्डौमा इनोभेसन सेन्टर स्थापना गरिनेछ ।’

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया