कांग्रेस महासमिति बैठक तयारीका लागि समिति गठन
असोज ८, २०८० सोमबार
काठमाण्डाै – सरकारले सांसद विकास कोष बिउँताएकाे छ । आर्थिक वर्ष २०७८/७९ को बजेटबाट हटेको सांसद विकास कोष अहिले पुनः बिउँतिएकाे हो ।
अब हरेक निर्वाचन क्षेत्रमा पाँच करोड रुपैयाँका दरले रकम विनियोजन हुने भएको छ । यसबाट एउटा आयोजनाका लागि एक करोड रुपैयाँभन्दा कम खर्च गर्न पाइने छैन । सांसद विकास कोषका लागि आठ अर्ब २५ करोड रुपैयाँ विनियोजन भएको छ ।
दुई वर्ष अघिसम्म प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित सांसदलाई आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि छ करोड रुपैयाँ दिइँदै आएकाे थियो ।