जापानमा बढ्दो गर्मीसँग जुध्न नयाँ कार्ययोजना : गर्मीका कारण हुने मृत्यु सन् २०३० सम्ममा आधाले घटाउने लक्ष्य

 जेठ १७, २०८० बुधबार ६:५०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जापानले बढ्दो गर्मीसँग जुध्न नयाँ कार्ययोजना लागू गरेको छ ।

गर्मीका कारण विगत पाँच वर्षमा वार्षिक औसत एक हजार २ सय ९५ जनाको ज्यान जाने गरेकोमा सन् २०३० सम्ममा त्यसलाई आधाले घटाउने लक्ष्य राखिएको छ । 

मन्त्रिपरिषद्ले स्वीकृत गरेको नयाँ कार्ययोजनामा गर्मी स्ट्रोकसँग जुध्नका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने गरी कानुन परिमार्जन गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

कार्ययोजना अन्तर्गत सरकारले विशेषगरी वृद्धवृद्धाहरूलाई आवश्यक एयर कन्डिसनर प्रयोग तथा अप्रिल र सेप्टेम्बरको बीचमा पर्याप्त पानी प्रयोग गर्न आह्वान गर्ने योजना समावेश छ ।

विगत पाँच वर्षमा गर्मीका कारण हुने मृत्युमध्ये ८० प्रतिशतभन्दा धेरै ६५ वर्ष माथीको उमेर समूहका व्यक्तिहरू हुने गरेको पाइएको छ ।

घरभित्रै ज्यान गुमाएकामध्ये ९० प्रतिशतले एयर कन्डिसनर प्रयोग नगरेको वा घरमा वातानुकूलनको व्यवस्था नभएको पाइएको छ ।

सरकारले विद्यालयका कक्षाकोठा र जिममा एयर कन्डिसनर जडान गर्न र बालबालिकालाई स्कुल बसमा आवश्यक मापदण्ड नपुगी यसै छोड्न नदिन पनि विभिन्न कार्यक्रम लागू गर्ने र त्यसमा सरकारले सहयोग गर्ने उल्लेख छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया