उत्तर कोरियाले अमेरिकी सेनाको निगरानी गर्न पठाएको भू–उपग्रह समुद्रमा खस्यो

 जेठ १७, २०८० बुधबार ९:२७:४२ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – उत्तर कोरियाले अन्तरिक्षमा प्रक्षेपण गर्न तयार पारेको एउटा भू–उपग्रहमा खराबी देखिएपछि समुद्रमा खसेको छ ।

सैनिक निगरानीसँग सम्बन्धित भू–उपग्रह समुद्रमा खसेको उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

भू–उपग्रह प्रक्षेपणपछि जापान र दक्षिण कोरियाले छोटो समयका लागि आफ्ना नागरिकलाई सुरक्षित ठाउँमा आश्रय लिन भनेका थिए ।

दक्षिण कोरियाको सेनाले रकेट उडिरहेको समयमा नै टुक्रा टुक्रा भएको वा रेडारबाट पर गइसकेपछि क्षतिग्रस्त भएको हुनसक्ने बताएको छ ।

यसअघि उत्तर कोरियाले अमेरिकी सैन्य गतिविधिलाई निगरानी गर्न जुन–११ तारिख भित्र भू–उपग्रह प्रक्षेपण गर्ने योजना रहेको बताएको थियो ।

अब उसले सम्भव भएसम्म छिट्टै दोस्रो भू–उपग्रह प्रक्षेपण गर्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

उत्तर कोरियाली नेता किम जङ उनले सैनिक भू–उपग्रहको विकासलाई देशको प्रतिरक्षामा महत्त्वपूर्ण योगदान दिनसक्ने पूर्वाधारका रुपमा लिनुभएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया