युक्रेनले रुसलाई तर्साउन खोज्यो : राष्ट्रपति पुटिन

 जेठ १७, २०८० बुधबार १०:५४:४७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र वरपरको क्षेत्रमा ड्रोन आक्रमण गरेर युक्रेनले रुसी नागरिकलाई तर्साउन खोजेको प्रतिक्रिया दिनुभएको छ ।

युक्रेनले रुसका नागरिकहरूलाई आतङ्कित पार्ने र आवासीय भवनमा आक्रमण गर्ने बाटो लिएको राष्ट्रपति पुटिनको भनाइ छ ।

रुसको राजधानी मस्को जाने थुप्रै मानवरहित हवाई यानमा गोली प्रहार भएपछि उहाँको पछिल्लो प्रतिक्रिया आएको हो ।

मस्को नजिकका बासिन्दाले विस्फोटको आवाज सुनेका मस्कोका गभर्नर एन्ड्री वोरोबियोभलाई उद्धृत गरी रुसी समाचार संस्था तासले जनाएको छ ।

मस्को जाने बाटोमा थुप्रै ड्रोनहरू खसालिएको दाबी गरिएको छ । मस्को क्षेत्रका बासिन्दालाई संयमित रहन आग्रह गरिएको छ ।

रुसले अघिल्लो वर्ष फेब्रुअरीदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ । युक्रेन र रुसबिच निरन्तर आक्रमणका घटना भैरहेका छन् ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया