चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
संयुक्त अरब इमिरेट्स (यूएई) विश्वव्यापी तेल व्यापारका लागि महत्त्वपूर्ण रहेको तनावपूर्ण खाडी जलमार्गको सुरक्षाको जिम्मा पाएको अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट पछि हटेको छ ।
यूएईले दुई महिनाअघि ३८ सदस्यीय संयुक्त सामुद्रिक सेनामा आफ्नो सहभागिता फिर्ता लिएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘सबै साझेदारहरूसँग प्रभावकारी सुरक्षा सहयोगको हाम्रो जारी मूल्याङ्कनको परिणामस्वरूप यूएईले संयुक्त समुद्री बलमा आफ्नो सहभागिता फिर्ता लिएको थियो’, यूएईको राज्य सञ्चालित समाचार संस्था डब्ल्यूएएमद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ ।
सुरुमा १२ राष्ट्रहरूबीचको साझेदारीको रूपमा स्थापना गरिएको बहराइनमा मुख्यालय रहेको सीएमएफको स्थापना सन् २००१ मा भएको थियो । यो महत्त्वपूर्ण तर समस्याग्रस्त खाडीको पानीमा सक्रिय छ जहाँ भर्खरैका महिनाहरूमा ट्याङ्करहरू जफत गरिएको छ र आक्रमण गरिएको छ ।
सीएमएफका एक प्रवक्ताले यूएईको सहभागिता रोके पनि साझेदार राष्ट्रका रूपमा रहेको बताउनुभएको छ । ‘सीएमएफमा अझै पनि ३८ साझेदार राष्ट्र छन्, जसमध्ये यूएई एक हो’, कमान्डर टिमोथी हकिन्सले एएफपीसँग भन्नुभयो ।
इरानले अप्रिलको अन्त्य र मे महिनाको सुरुमा एक हप्तामा दुबई र फुजैराह बन्दरगाहबीच यात्रा गरिरहेका दुई वटा ट्याङ्कर र एउटा खाली जहाज नियन्त्रणमा लिएकाे थियाे । इरानमाथि सन् २०२२ को नोभेम्बरमा इजरायलको स्वामित्वमा रहेको ट्याङ्करमा ड्रोन आक्रमण गरेको आरोप लागेको थियो ।
यसै महिनाको सुरुमा अमेरिकाले इरानको बढ्दो उत्पीडनका कारण विश्वको कम्तीमा एक तिहाइ समुद्री तेल बोक्ने खाडीमा थप बल पठाउन लागेको बताएको थियो ।
अमेरिकी नौसेनाको पाँचौँ टुकडीका सहकमान्डर एडमिरल ब्राड कूपरपछि बेलायती र फ्रान्सेली नौसैनिक कमान्डरका साथ गाइडेड मिसाइल विध्वंशकमा 'स्ट्रेट अफ होर्मुज' हुँदै गएका थिए ।
जवाफमा इरानले छिमेकी देशसँगको सहकार्यमा खाडीको जलक्षेत्रको सुरक्षा सुनिश्चित गर्न सक्षम रहेको बताएको छ ।
‘यूएई आफ्नो समुद्रमा जहाज आवागमन नियन्त्रण र निगरानी सुनिश्चित गर्न जिम्मेवारीपूर्वक प्रतिबद्ध छ’, यूएईको विज्ञप्तिमा भनिएको छ । प्रमुख तेल निर्यातकर्तामध्ये एक यूएई ‘शान्तिपूर्ण वार्ता र कुटनीतिक संलग्नताको लागि प्रतिबद्ध’ रहेको विज्ञप्तिमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।