१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डौ – भारत र चीनबीच तनाव गहिरिँदै गएको छ । तनाव बढ्दै गएपछि दुवै देशले एक–अर्काका पत्रकारलाई भिसा दिन रोक लगाएका छन् ।
अमेरिकी अखबार द वाल स्ट्रीट जर्नलमा प्रकाशित विवरण अनुसार दुवै देशका सरकारले एक–अर्काको देशमा पत्रकारको पहुँचलाई रोकेका हुन् ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले भारतमा रहेका चिनियाँ पत्रकारको सङ्ख्या १४ बाट घटेर एकमा आएको र लामो समयदेखि आफ्नो देशका सञ्चारकर्मीले विभेदको सामना गर्नुपरेको बताउनुभएको छ ।
यसै महिना भारतले दुईजना चिनियाँ पत्रकारको भिसा नवीकरण गर्न अस्वीकार गरेको थियो । त्यसमा चिनियाँ समाचार संस्था सिन्ह्वा र चाइना सेन्ट्रल टेलिभिजनका एक/एक जना पत्रकार थिए ।
चीनले पनि भारतका दुई जना पत्रकारलाई प्रवेशाज्ञा नदिएको र अर्का एक जनालाई उनले प्राप्त गरेको अनुमति फिर्ता लिइएको बीबीसीले उल्लेख गरेको छ ।
सीमा विवादका कारण भारत र चीनबिच सन् २०२० यता तनाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।