दाङकाे घाेराहीमा इलेक्ट्रोनिक पसलमा आगलागी

 जेठ १८, २०८० बिहिबार १५:५२:३६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराहीमा रहेको बन्जाडे इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं १५ को शहीदगेट रोडमा रहेको बञ्जाडे इलेक्ट्रोनिक पसलको गोदाम घरमा आगलागी भएकाे हाे । आगलागीबाट लाखाैँ मूल्य बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ । 

गोदाममा लागेको आगो घोराही उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयको सहयोगमा करिब एक घण्टापछि निभाइएकाे थियाे ।

प्रहरीले क्षतिको पूर्ण विवरण सङ्कलनको काम गरिरहेको छ। 
 

अन्तिम अपडेट: चैत १४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया