तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना, अझै केही दिन पानी नपर्ने

 जेठ १९, २०८० शुक्रबार ७:५१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

तराई मधेसका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेकाले तातो हावा चल्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो ।

तराई मधेसका जिल्लामा केही दिनयता बिहानदेखि बेलुकासम्म नै टन्टलापुर घाम लाग्ने गरेको छ । यसले गर्दा तातो हावा चल्ने र लु लाग्ने सम्भावना धेरै हुने मौसमविद् प्रधानांगले बताउनुभयो । यस्तै, अहिले काठमाण्डौसहित पहाडी क्षेत्रमा पनि घाम चर्किएको छ ।

तत्काल पानी पर्ने सम्भावना नदेखिएकाले गर्मी अझै बढ्ने मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया