सेनेगल : विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएकाे झडपमा नाै जनाकाे ज्यान गयाे

 जेठ १९, २०८० शुक्रबार १५:१०:५३ | एजेन्सी
unn.prixa.net

सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएका झडपमा नौ जनाको ज्यान गएकाे छ ।

अदालतले राष्ट्रपति म्याकी सालका प्रतिद्वन्द्वी उस्माने सोनकोलाई बिहीवार दुई वर्षको जेल सजाय सुनाएपछि देशका विभिन्न भागमा भएका झडपमा नौ जनाकाे ज्यान गएकाे गृहमन्त्रीले बताएका छन् ।

अदालतको पछिल्लो निर्णयबाट सोनाकोलाई आउँदाे राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लाग्ने सम्भावना छ । बिहीवार अदालतको फैसला सार्वजनिक हुनेबित्तिकै सोनाकोका समर्थक र प्रहरीबीच झडप भएकाे थिए । यो घटनाले सेनेगललाई गहिरो रूपमा विभाजित गरेको, घातक हिंसा फैलाएको तथा स्थिर देशको छविलाई ध्वस्त पारेको छ ।

बिहीवारको फैसलापछि प्रहरी र प्रदर्शनकारीहरूबीच झडपमात्र भएन राजधानी डकार र जिगुइन्चोरमा बसहरूमा आगो लगाइयो, सार्वजनिक र निजी सम्पत्तिमा आक्रमण हुँदा नौ जनाको ज्यान गएकाे गृहमन्त्री एन्टोइन डिओमले राष्ट्रिय टेलिभिजनमा भन्नुभएको छ । 

बलात्कार अभियोगमा अदालतले साेनकाेलाई जेल सजाय सुनाएको हो । डकारको फौजदारी अदालतले फैसला सुनाएपछि सोनकोको पार्टीले नागरिकलाई सडकमा आउन आह्वान गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया