बुटवलकाे तामनगरमा माेटरसाइकल र बस ठाेक्किँदा दुई जनाकाे ज्यान गयाे

 जेठ २१, २०८० आइतबार ६:५३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीकाे बुटवल उपमहानगरपालिका–१२ तामनगरमा हिजाे बस र माेटरसाइकल ठाेक्किँदा दुई जनाकाे ज्यान गएकाे छ । 

बुटवलबाट कपिलवस्तु जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवल आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगरकाे कोरियन टेक्निकल कलेज नजिक ठाेक्किएर दुर्घटना भएको  हाे । 

दुर्घटनामा गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका–८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको ज्यान गएकाे लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिनुभयो ।

दुर्घटनामा परि घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा ज्यान गएकाे हाे ।  ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया