बाेक्सीकाे अाराेप लगार्इ मलमूत्र खुवाउन खोज्ने युवती पक्राउ

 कात्तिक ८, २०७५ बिहीबार १९:४१:९ | रासस
unn.prixa.net

सप्तरी - बोक्सी भन्दै छिमेकीलाई मलमूत्र खुवाउन खोज्ने तिरहुत गाउँपालिका– २ मैनाकडेरी बडहराकी एक युवतीलाई विहीबार प्रहरीले  पक्राउ गरेको छ । 

गएकाे असोज २२ गते शौचालयबाट लोटामा मलमूत्र ल्याई त्यसै ठाउँकी ४० वर्षीया मानवतीदेवी रामलाई खुवाउने प्रयास गरी कुटपिट गरेको आरोपमा २२ वर्षीया सुनिता रामलाई पक्राउ गरी विहीबार जिल्ला अदालतमा पेश गरिएको प्रहरी निरीक्षक प्रतीक विष्टले बताउनुभयो ।

पीडितले गएकाे असोज २३ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी थिइन् । पीडितको प्राथमिक स्वास्थ्य केन्द्रमा त्यसै दिन उपचार तथा स्वास्थ्य परीक्षण भएको थियो । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया