भक्तपुरको बालकोटमा बाबुछोरा मृत अवस्थामा भेटिए
पुस ८, २०८१ सोमबार
खोटाङ – खोटाङमा कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त २९ वर्षपछि जेल चलान भएका छन् ।
जग्गासम्बन्धी बिवादमा २०४६ सालमा छिमेकीको हत्या गरेको अभियोगमा कैद सजाय सुनाइएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका ६० वर्षीय चन्द्रबहादुर कार्की बिहीबार जेल चलान भएका हुन् ।
कर्तव्य ज्यान मुद्धामा २०५७ साल जेठ १७ गते जिल्ला अदालत खोटाङबाट २० वर्ष कैंद सजाय हुने फैसला सुनाइएका कार्कीलाई अदालतको आदेशमा जिल्ला कारागार शाखा दिक्तेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।
भारतको मिजोरममा बस्दैआएका कार्कीलाई खोटाङबाट खटिएका प्रहरीले असोज ३० गते सुनसरी जिल्लाको रामधुनी नगरपालिका–७ पञ्चायनस्थित घरबाट पक्राउ गरेको थियो । घट्नापछि भारतमा बस्दैआएका चन्द्रबहादुरलाई दशैं मनाउनका लागि २ दिन अघि मात्र घर आएको मौका पारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जग्गासम्बन्धी विवादका क्रममा चन्द्रबहादुरलगायत यही ठाउँका केशब कार्की, नरबहादुर भुजेललगायत चारजनामाथि स्थानीय ढकबहादुर कार्कीको हत्या गरेको अभियोग छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।