रुसमाथि जवाफी आक्रमण सुरु गरेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको घोषणा

 जेठ २८, २०८० आइतबार ६:४७:१३ | एजेन्सी
unn.prixa.net

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसमाथि जवाफी आक्रमण सुरु गरेको बताउनुभएको छ । अहिलेसम्म रुससँग रक्षात्मक बनेको युक्रेनले आफ्नो भूमि फिर्ता गर्न ठूलाठूला प्रतिकारात्मक आक्रमण सुरु गरेको जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

‘हामीले आत्मरक्षासँगै जवाफी आक्रमण सुरु गरेका छौँ। हाम्रा सेना रुसी सेनालाई धपाउने लक्ष्यका साथ अघि बढिरहेका छन् ।’ जेलेन्स्कीले भन्नुभएको छ । तर उहाँले जवाफी आक्रमणको विवरण भने नदिने बताउनुभएको छ । पछिल्लो समाचार अनुसार युक्रेनी सेना देशको पूर्वी भागमा रहेको बख्मुत र दक्षिणमा जापोरिझियामा अगाडि बढिरहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि एउटा आन्तरिक बैठकमा युक्रेनले जवाफी आक्रमण गरेको स्वीकार गर्दै चुनौतीको सामना गर्न सेनालाई निर्देशन दिनुभएको खबरमा उल्लेख छ।

अमेरिकाले दिएका अत्याधुनिक एफ–१६ लडाकु जहाज, जर्मनीले दिएका लियोपार्ड– २ ट्याङ्क,  बेलायतले दिएका च्यालेञ्जर्स–२ ट्याङ्क लगायतको सहायतामा युक्रेनी सेनाले रुसविरुद्ध सफलता प्राप्त गइरहेको पनि राष्ट्रपति जेलेन्स्कीले बताउनुभएको छ। 

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया