टर्कीमा एक कारखानामा विस्फाेट हुँदा कम्तीमा पाँच जनाकाे ज्यान गयाे, ४० जनाभन्दा धेरै घाइते

 जेठ २८, २०८० आइतबार ८:१७:४२ | एजेन्सी
unn.prixa.net

टर्कीमा रकेट र विस्फोटक पदार्थ बनाउने कारखानामा विस्फाेट हुँदा कम्तीमा पाँच जनाको ज्यान गएको छ । ४० जनाभन्दा धेरै घाइते भएका छन्, केहीको अवस्था चिन्ताजनक रहेको छ ।

राजधानी अङ्काराबाट ४० किलोमिटर टाढा रहेको सरकारी स्वामित्वको एमकेई रकेट र विस्फोटक कारखानामा विस्फाेट भएको बीबीसीले जनाएको छ  । टर्कीको सरकारी टेलिभिजनले विस्फाेटले नजिकैका घर र पसलका झ्यालका सिसा फुटेको देखाएको छ ।

अधिकारीहरुका अनुसार कारखानाको डाइनामाइट विभागबाट विस्फाेट सुरु भएको हो । क्षेत्रीय गभर्नर वाहप साहिनले भग्नावशेषमा कुनै पनि कर्मचारी नफसेको जनाउनुभएको छ । उहाँले विस्फोट हुनुअघिको अवस्था जाँच गरिरहेको बताउनुभएको छ । 

उहाँले कारखानामा काम गरिरहेका मानिसहरु काम गरिरहेका बेला अचानक विस्फोट भएको बताउनु भएकाे बीबीसीमा उल्लेख छ । रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनाको न्यायिक र प्रशासनिक छानबिन सुरु गरेको जनाएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया