कजाकिस्तानमा डढेलोमा परेर तीन जनाको ज्यान गयो, ११ जना बेपत्ता

 जेठ २८, २०८० आइतबार ११:३:२४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

कजाकिस्तानको अबाइ क्षेत्रमा जङ्गली डढेलोमा परेर तीन जनाको ज्यान गएको छ । ११ जना बेपत्ता भएका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आगो निभाउने, खोजी र उद्धार कार्यमा ८ सय जनभन्दा धेरै मानिस सहभागी भएका खबरमा उल्लेख छ । डढेलोको उच्च जोखिममा रहेका ७ सय जनालाई उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको छ । उच्च तापक्रम, डढेलोको क्षेत्र विशाल बन्दै जानु र हावाहुरीका कारण आगो निभाउन निकै समस्या भएको छ ।

गएराति मुख्य क्षेत्रको डढेलो निभाएसँगै बिस्तारै सबै क्षेत्रको डढेलो निभाउन सहज हुने अधिकारीहरुले जनाएका छन् । जङ्गलमा दुई वटा ठूला चट्याङ परेपछि डढेलो सुरु भएको थियो । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया