१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । आज आइतवार शेयर बजार परिसूचक नेप्से ४० दशमलव ४८ अङ्कले बढेर एक हजार नाै सय ८० दशमलव ०९ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा फाइनान्स, विकास बैंक, लगानी र व्यापार समूहको शेयर उच्च अङ्कले बढेको छ ।
आज कारोबार रकम पनि बढेर झन्डै साढे तीन अर्ब रुपैयाँ पुगेको छ । आज दुई सय ७५ वटा कम्पनीका ९५ लाख २८ हजार कित्ता शेयर तीन अर्ब ४५ करोड ४३ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै नागरिक लगानी कोषको ११ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
बजार उकालाे लागेकाे दिन भुगोल इनर्जी र सीटी होटलको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आदर्श लघुवित्तसहित छ वटा कम्पनीको शेयर सामान्य घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।