श्रीलङ्कामा डेङ्गीका बिरामीमध्ये झन्डै २५ प्रतिशत विद्यालय जाने बालबालिका

 जेठ २९, २०८० सोमबार ६:३२:२० | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

श्रीलङ्कामा डेङ्गीका बिरामीमध्ये झन्डै २५ प्रतिशत व्यक्ति विद्यालय जाने बालबालिका रहेका स्वास्थ्य क्षेत्रमा काम गर्ने अधिकारीले आइतवार बताएका छन् ।

राष्ट्रिय डेङ्गी नियन्त्रण एकाइका निर्देशक नलिन अरियारत्नेका अनुसार श्रीलङ्कामा यस वर्ष अहिलेसम्म ४२ हजारभन्दा बढी डेङ्गीका बिरामी भेटिएका छन् । 

श्रीलङ्काका विद्यालयहरू नयाँ शैक्षिक सत्रका लागि खुल्नुभन्दा एक दिनअघि पत्रकारलाई सम्बोधन गर्दै निर्देशक अरियारत्नेले विद्यालय तहमा डेङ्गीको फैलावटलाई कम गर्नुपर्नेमा जोड दिनुभयो । 

श्रीलङ्काको सबैभन्दा बढी जनसङ्ख्या भएको पश्चिमी प्रान्तमा झन्डै ५० प्रतिशत डेङ्गीका बिरामी फेला परेका र सन् २०२३ मा डेङ्गीको प्रकोप फैलिने चिन्ता महामारी विशेषज्ञले व्यक्त गरेका छन् ।

श्रीलङ्कामा सन् २०२२ मा ७६ हजारभन्दा बढी डेङ्गीका बिरामी फेला परेका सरकारी तथ्याङ्कले देखाएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया