कुनै स्वार्थ समूहकाे कुरा नसुनी बजेट बनाएका हाैँ : अर्थमन्त्री महत

 जेठ २९, २०८० सोमबार ११:२५:५५ | रासस
unn.prixa.net

काठमाण्डौ – अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नम्बर ५ ले आज सोमवार बिहान आयोजना गरेको क्षेत्रीय सम्मेलनमा अर्थमन्त्री महतले देश र नागरिकलाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको दाबी गर्नुभएको हो । ‘केही समूहलाई बजेटबारे चित्त बुझेको छैन, दृढ अठोठका साथ कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण गरेका हौँ, बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ, बजेटले सबै क्षेत्रलाई समेटेको छ’, उहाँले भन्नुभयो । निरपेक्ष भावका साथ बजेट निर्माण गरिएको उहाँको भनाइ छ । 

अर्थमन्त्री महतले आफ्नो अठोट देश र नागरिकप्रति भएको बताउनुभयो । ‘हाम्रा आकाङ्क्षाहरू धेरै छन् तर स्रोत र साधन सीमित छन्, भएका स्रोत साधनलाई उच्चतम प्रयोग गरी अर्थतन्त्रलाई चलायमान बनाउन लाग्नुपर्छ’, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका डा. महतले पार्टीभित्र अनुशासन जरुरी रहेको बताउनुभयो । पार्टीभित्र एकअर्काप्रति आदर र सम्मान गर्ने परिपाटी राख्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले कांग्रेस बलियो भए कुनै राजनीतिक दल र शक्तिसँग समन्वय र गठबन्धन गर्न नपर्ने बताउनुभयो । पार्टीभित्र छलफल गरी निष्कर्ष निकालेर बाहिर एक स्वरका साथ जानुपर्ने उहाँको भनाइ छ । व्यक्ति पार्टीभन्दा ठूलो बन्न नसक्ने डा. महतले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया