भारतले सन् २०२४ को मध्यसम्म चिनी निर्यात रोक्ने

 जेठ ३०, २०८० मंगलबार ९:४१:३२ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध सन् २०२४ को मध्यसम्म थप गर्ने भएको छ । चालु सिजनमा निर्यातका लागि ६१ लाख टन कोटा निर्धारण गरेकोमा कोटा सकिएपछि अहिले निर्यात रोकिएको छ ।

यस वर्ष देखिएको एल निनो मौसमी प्रणालीका कारण खडेरी पर्ने सम्भावना रहेकोले चिनी निर्यात खुलाउने अवस्था नरहेको भारतीय अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । भारतले यस वर्ष निर्यात कोटा पनि घटाएर ४० लाख टनमा झार्ने तयारी गरेको छ ।

भारतले एल निनो मौसमको प्रभावका कारण बितेको सात दशककै खराब खडेरीको सामना गर्नुपर्ने अनुमान गरेको छ । खडेरीका कारण उखु उत्पादन घट्ने भारतको अनुमान छ । विश्वकै दोस्रो ठूलो चिनी निर्यात गर्ने देश भारतले अक्टोबर १ मा नयाँ मार्केटिङ वर्ष सुरु हुनु अघि नै कति निर्यात गर्न सकिन्छ भनेर निर्णय गर्छ ।

भारतले निर्यात नगर्दा चिनीको विश्वव्यापी मूल्यमा असर गर्नेछ । भारतले चालु चिनी सिजनको सुरुमा आउँदो सेप्टेम्बर ३० सम्म तीन करोड ६० लाख टन चिनी उत्पादन गर्न लक्ष्य लिएकोमा उखु उत्पादन घटे पनि त्यसलाई शंसोधन गरेर तीन करोड २८ लाख टनमा झारेको छ ।

सन् २०२१–२२ मा भारतले एक करोड १० लाख टन चिनी निर्यात गरेको थियो । त्यसपछि उत्पादन घटेको भन्दै निश्चित कोटा निर्धारण गरेर निर्यातमा प्रतिबन्ध लगाएको छ ।   

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • सन्जय प्रजापति

    June 14, 2023, 12:37 p.m.

    हामि नेपालि मात्रै कति सुगर रोग च्यापेर बस्नु साला धोतिहरुले पनि धेरै चिनि खाओस अनि होस न सुगर ।अनि तिनिहरुले नखायेर पथायेको चिनि पनि फिर्ता पथाउनु पर्छ।🤣🤣🤣🤣

  •  0 Reply

तपाईको प्रतिक्रिया