नेपाल एअरलाइन्सको मलेसिया–भैरहवा उडान सुरु, हप्तामा एउटा उडान गर्ने तयारी

 जेठ ३०, २०८० मंगलबार ११:०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल वायुसेवा निगमको जहाजले मलेसिया–भैरहवा उडान गरेको छ ।

व्यावसायिक उडानको अन्तर्गत मलेसियाको क्वालालम्पुरबाट आएको निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी विमानलाई बिहान भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गर्नुभयो ।

विमानमा मलेसियाका पर्यटन व्यवसायीहरुसहित अरु यात्रु आएका छन् । भैरहवामा मलेसियाका व्यवसायीसहित ३१ जना यात्रु ओरालेर निगमको जहाज काठमाण्डौ आएको छ । बाँकी यात्रु काठमाण्डौ आएका छन् । 

झण्डै ४० अर्ब रुपैयाँ लागतमा निर्माण भएको भैरहवा विमानस्थलको अघिल्लो वर्षको जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको हो । भैरहवामा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि यस अघि कुवेतको जजिरा एअरलायन्सले मात्रै व्यावसायिक उडान गरेको थियो ।

जजिरापछि हिमालय एअरलायन्सले कात्तिकमा मलेसिया चार्टर्ड उडान गरेको थियो । अहिले यी दुवै कम्पनीले भैरहवाबाट नियमित तथा चार्टर्ड उडान गरेका छैनन् । नेपाल वायुसेवा निगमले पहिलो चरणमा न्यारोबडीबाट हप्तामा एउटा उडान गर्ने र भारतले एअररुट अनुमति दिएमा चाँडै मलेसिया–भैरहवा–दिल्ली–काठमाण्डाै उडान गर्ने योजना रहेको बताएको छ । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया