पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बाँके – बाँकेको राप्ती–सोनारी गाउँपालिका वडा नम्बर–८, को बालापुरमा कालोपत्रे गरिएको केही महिनामै सडक भत्किएको छ ।
पूर्व–पश्चिम राजमार्गदेखि बालापुर–सिक्टा नहरसम्म जोड्ने ९०० मिटर सडक कालोपत्रे भएको केही महिनामै भत्किएको छ । गएको असार महिनामा मात्रै कालोपत्रे गरिएको सडकमा ठाउँठाउँमा गहिरो खाल्डो भएपछि आवागमनमा असहज भएको स्थानीय बासिन्दाले जनाएका छन् ।
गाउँपालिकाको झण्डै ७० लाख रुपैयाँ बजेटमा उपभोक्ता समितिमार्फत काम भएको स्थानीय मोहन खत्रीले जानकारी दिनुभयो । सिक्टाको मुल नहरदेखि पूर्व पश्चिम राजमार्गसम्म नै सडक ठाउँठाउँमा भत्केको छ ।
राप्ती–सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले गाउँपालिकाको बजेटबाट निर्माण भएको सडक कालोपत्रे गरिएको केही समयमै भत्किएको विषयमा गाउँपालिका गम्भीर भएको बताउनुभयो ।
वडा नम्बर १ का अध्यक्ष चन्द्र वलीको संयोजकत्वमा अनूगमन समिति गठन गरी छानबिन भइरहेको छ । सडक निर्माण हुनासाथ भत्किएको विषयमा गाउँपालिका बाहिरका प्राविधिक बोलाएर समेत अनुगमन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।