भारतीय प्रधानमन्त्री मोदीले असार ६ गतेदेखि गर्ने अमेरिकाको राजकीय भ्रमणका लागि तयारी तीव्र

 जेठ ३१, २०८० बुधबार ६:४५:० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो असार ६ गतेदेखि गर्ने अमेरिकाको राजकीय भ्रमणका लागि तयारी तीव्र पारिएको छ । मोदीको भ्रमणले अमेरिका र भारतका नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र भ्रमण महत्वपूर्ण तथा उपलब्धिपूर्ण हुने कूटनीतिज्ञले बताएका समाचार संस्था एएनआईले जनाएको छ ।

अमेरिका–भारत व्यापार परिषद्ले वासिङ्टनमा गरेको कार्यक्रममा भारतका लागि पूर्वअमेरिकी राजदूत अतुल केशपले भारतका प्रधानमन्त्री मोदीको भावी भ्रमण मैत्री र विश्वासमा आधारित अमेरिका र भारतबीचको सम्बन्धलाई पारस्परिक साझेदारी थप वृद्धि गर्न वास्तवमै महत्वपूर्ण हुने बताउनुभयो ।

अमेरिका र भारतबीचको साझेदारी पछिल्ला दिनमा थप लचिलो बनेको तथा पारस्परिक सम्बन्धमा धेरै परिवर्तन आएको उहाँको भनाई छ । कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकाका लागि भारतका राजदूत तरनजीतसिंह सन्धुले भारत–अमेरिका सम्बन्धमा अभूतपूर्व परिवर्तन आएको बताउनुभएको छ । चारदिने अमेरिका भ्रमणका क्रममा भारतका प्रधानमन्त्रीले अमेरिकी संसद्का दुवै सदनका संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

अमेरिकी राष्ट्रपतिका राजकीय पाहुना मोदी सम्बोधनको यो अवसर एवं सम्मान पाउने तेस्रो भारतीय नेता हुनुहुन्छ । उहाँ अमेरिकी कङ्ग्रेसलाई दुईपटक सम्बोधन गर्ने एक मात्र भारतीय प्रधानमन्त्री पनि हुनुहुनेछ ।    

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया