बिपरजोय आँधीका कारण भारतमा सात जनाको ज्यान गयाे

 जेठ ३१, २०८० बुधबार १६:५५:४८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बिपरजोय आँधीका कारण भारतमा सात जनाको ज्यान गएको छ । नौ वटा राज्य तथा केन्द्र शासित प्रदेशमा प्रभाव पारेको आँधीले रुख तथा बिजुलीका पोलहरु ढल्दा जनधनको क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अरब सागरमा बनेको चक्रवात गुजरातको तटीय क्षेत्रमा प्रवेश गर्ने भएपछि गुजरात सरकारले ३८ हजार जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारेको छ । पाकिस्तानको सिन्ध प्रान्त कराँचीमा पनि मानिसहरुलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ । भारतको मौसम विज्ञान विभागले गुजरातसहित नौ वटा राज्यहरुमा चेतावनी जारी गरेको छ ।

आँधीसँगै बाढी समेत आउन सक्ने भन्दै भोलिसम्मका लागि चेतावनी जारी गरिएको बीबीसी हिन्दीले जनाएको छ । धेरै ठाउँमा विद्युत् र रेलसेवा अवरुद्ध भएका छन् ।  
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया