विश्वभर विस्थापित हुनेहरुको सङ्ख्या ११ करोड नाघ्यो

 जेठ ३१, २०८० बुधबार १९:२९:३९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

विश्वभर विस्थापित हुने मानिसको सङ्ख्या ११ करोड जना नाघेको छ ।  युक्रेन र सुुडान युद्धका कारण लाखौँ मानिसले घर छोड्नुपर्ने अवस्था आएसँगै विश्वभर विस्थापितहरुको सङ्ख्या ११ करोड नाघेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घको शरणार्थी सम्बन्धी उच्च आयोग (यूनएचसीआर) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गएको वर्षमात्रै विश्वभर एक करोड ९० लाख मानिस विस्थापित भएका छन् । जेनेभामा आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्र सङ्घका शरणार्थी मामिला प्रमुख फिलिप्पो ग्रान्डीले यो तथ्याङ्क निकै ठूलो भएको बताउनुभएको रोयटर्सले जनाएको छ ।

ग्रान्डीले जबरजस्ती विस्थापितका लागि बाध्य पारिनु निन्दनीय रहेको पनि बताउनुभएको छ । विस्थापितमध्ये ३७ दशमलव ५ प्रतिशत अरु देशमा शरण लिन पुगेका प्रतिवेदनमा उल्लेख छ । शरणार्थीको सङ्ख्या बढेसँगै युरोपमा देशहरुले कडा नियम ल्याउन थालेका छन् ।

राष्ट्रसङ्घका शरणार्थी मामिला प्रमुख ग्रान्डीले शरणार्थी सम्बन्धी सन्धिमा हस्ताक्षर गरेका देशहरु नै त्यसको पालनामा पछि हट्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।   

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया