नाइजेरियामा हैजाको महामारी, चार महिनामा ४८ जनाको ज्यान गयो

 जेठ ३२, २०८० बिहीबार ६:५०:२९ | एजेन्सी
unn.prixa.net

नाइजेरियामा हैजाको महामारी फैलिएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) का अनुसार यस वर्षको चार महिनामा ४८ जनाको ज्यान गएको छ । हैजाका एक हजार ६ सय २९ शङ्कास्पद बिरामी फेला परेका छन् ।

राजधानी अबुजामा भएको राष्ट्रिय हैजा योजना समीक्षा सम्मेलनमा एनसीडीसीका महानिर्देशक इफेदायो अडेटिफाले १३ वटा राज्य निक्कै प्रभावित भएको जानकारी दिनुभएको छ ।

स्वास्थ्यका निकायले हैजा प्रकोपको रोकथाम, नियन्त्रण र व्यवस्थापनलाई सुदृढ गर्न विभिन्न उपायहरू पनि अपनाएको अडेटिफालाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

स्वच्छ पानी र सरसफाइ पूर्वाधारमा लगानी गर्न, स्वच्छताका अभ्यासलाई बढाउन, खोप र उपचारमा पहुँच पुर्याउन र हैजाको प्रकोपको निगरानी र अनुगमनका लागि रोकथाम योजनामा समावेश गरिएको छ ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया