श्रीलङ्कामा सेनाका डाक्टरले निकाले ८ सय १ ग्रामकाे पत्थरी, विश्व कीर्तिमान कायम

 जेठ ३२, २०८० बिहीबार १२:१९:४२ | एजेन्सी
unn.prixa.net

श्रीलङ्काली सेनाका डाक्टरले मिर्गौलाबाट विश्वकै सबैभन्दा ठूलो पत्थरी निकालेका छन् । युरोलोजिस्ट लेफ्टिनेन्ट कर्नल डा. के सुदर्शनको टोलीले ६२ वर्षीय अवकाशप्राप्त एक सैनिकको मिर्गौलाको पत्थरी निकालेको हो ।

उनको मिर्गौलाबाट १३ दशमलव ३७ सेन्टिमिटर लम्बाइको ८ सय १ ग्राम तौलको पत्थरी निकालिएकाे छ । डाक्टरकाे टाेलीले मिर्गौलाको सबैभन्दा ठूलो पत्थरी निकालेर विश्व कीर्तिमान बनाएकाे समाचार संस्था एएफपीले जनाएको छ । पत्थरीकाे ताैल औसतमा पुरुष मिर्गौलाको तौलभन्दा पाँच गुणा धेरै रहेकाे एएफपीमा उल्लेख छ । त्यस्तै, मिर्गौला औसत १० देखि १२ सेन्टिमिटर लामो हुनेगर्छ ।

यसअघि सन् २००४ मा भारतमा विश्वको सबैभन्दा लामो १३ सेन्टिमिटरकाे पत्थरी मिर्गौलाबाट निकालिएको थियो। त्यस्तै, गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका अनुसार सन् २००८ मा पाकिस्तानमा एक बिरामीको मिर्गौलामा ६ सय २० ग्रामकाे पत्थरी जम्मा भएको रेकर्ड छ ।

पत्थरी निकालेपछि ती सैनिकको मिर्गौलाले सामान्य रुपमा काम गरिरहेको श्रीलङ्काको सेनाले जनाएको छ ।  

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • 11 mm ra 8 mm mero ni xa,dr sap contract number pu

    June 15, 2023, 1:09 p.m.

    mero ni right left 11mm,8mm xa nikalnu paryo number pau

  •  0 Reply

तपाईको प्रतिक्रिया