सरकारी नम्बर प्लेटका दुई वटा गाडीबाट ६ सय ९० किलो गाँजा बरामद
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – अर्थमन्त्री डा.प्रकाशशरण महतले किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताउनुभएको छ ।
बिहीवार अर्थ मन्त्रालयमा किसानसँगकाे भेटमा अर्थमन्त्रीले विगतमा कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले नपाएको भन्दै उत्पादन हेरेर अनुदान दिने व्यवस्था बजेटले गरेको बताउनुभयो । उहाँले सरकारले स्थानीय उत्पादन वृद्धि र संरक्षण गर्नकै लागि तरकारीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको दाबी गर्नुभयो । उहाँले आयातित आलु, प्याज रोक्ने र स्थानीय उत्पादनको प्रोत्साहन र सरंक्षण गर्ने सरकारकाे मुख्य उद्देश्य रहेको भन्दै बजेट आएपछि स्वार्थ समूहले गलत प्रचार गरिरहेको बताउनुभयो ।
अर्थमन्त्रीले आलु, प्याजमा लगाएको करले उपभोक्ता मूल्यमा वृद्धि नहुने भन्दै उल्टो मूल्य घट्ने बताउनुभयो । सरकारसँग स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न कर लगाउनुको विकल्प नभएकाे उहाँकाे भनाइ छ । उहाँले तरकारीमा कर लगाउने सरकारको कदम देशलाई कृषिमा आत्मनिर्भर उन्मुख गराउने उद्देश्य रहेको दाबी गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘आर्थिक विधेयकमा आलु, प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्ने हो । यो करको व्यवस्थाले म"लतः आयातित वस्तुलाई नै महँगो बनाउँछ । स्थानीय उत्पादनलाई महँगो बनाउँदैन । अहिले दैनिक उपभोग्य खाद्यवस्तु पनि आयात गर्नुपर्ने भन्ने बहस भइरहेको छ । त्यसैले आयातको सट्टा देशभित्र उत्पादन बढाऔँ भनेकाे हाे ।त्यसले रोजगारी पनि सिर्जना पनि हुन्छ । उत्पादनकर्ता पनि उत्साहित हुन्छन् । नेपाल आत्मनिर्भरतातर्फ उन्मुख हुन्छ भनेर त्याे प्रस्ताव गरिएको हो । सरकारले कृषि क्षेत्रमा दिने अर्बाैँकाे अनुदानको सदुपयोग भएन । दुरुपयोग भयो । कागज देखाएरमात्रै अनुदान लिएका थिए, अब त्यसरी हुँदैन ।’
अर्थमन्त्री महतले सरकारले नयाँ प्रविधि प्रयोग गर्ने किसानलाई प्राथमिकतामा राखेर उत्पादनमा आधारित अनुदान दिने पनि बताउनुभयो । उहाँले किसानलाई ढुक्क भएर उत्पादन बढाउन आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।