१० महिनामा बङ्गलादेशको व्यापार घाटा ४३ प्रतिशतले घट्यो

 जेठ ३२, २०८० बिहीबार २०:५५:२१ | एजेन्सी
unn.prixa.net

सन् २०२२/२३ को जुलाईदेखि सन् २०२३ को जुनसम्मको पहिलो १० महिनामा बङ्गलादेशको व्यापार घाटा ४३ दशमलव २१ प्रतिशतले घटेर १५ अर्ब ७३ करोड अमेरिकी डलरमा झरेको त्यहाँकाे केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

बङ्गलादेश बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जुलाई–अप्रिल अवधिमा बङ्गलादेशको आयात भुक्तानी १४ दशमलव ४० प्रतिशतले वृद्धि भई ५८ अर्ब ७८ करोड अमेरिकी डलर पुगेको छ भने निर्यातबाट हुने आम्दानी ५ दशमलव ०६ प्रतिशतले वृद्धि भई ४३ दशमलव ०५ अर्ब डलर पुगेको छ । 

गएकाे आर्थिक वर्षको जुलाई–अप्रिल अवधिमा बङ्गलादेशको निर्यात आय र आयात भुक्तानीबीचको अन्तर २७ अर्ब ७० करोड अमेरिकी डलर रहेको तथ्याङ्कले देखाएको छ ।

केन्द्रीय बैंकका एक अधिकारीका अनुसार रेमिट्यान्सले बङ्गलादेशलाई व्यापार घाटाको असर कम गर्न मद्दत गरेको छ । आर्थिक वर्ष २०७५/७६ को पहिलो १० महिनामा बङ्गलादेशले १७ अर्ब ७२ करोड डलर रेमिट्यान्स भित्र्याएकाे थियो । मे महिनामा ३० अर्ब डलरभन्दा तल झरेको देशको घट्दो विदेशी मुद्रा सञ्चितिलाई बढावा दिन बैंकले पछिल्ला महिनाहरूमा आयातलाई निरुत्साहित गर्न विभिन्न उपायहरू अपनाएको छ ।

निर्यातलाई बढावा दिनका लागि बैंकले गएकाे वर्ष सेप्टेम्बरमा देशका वाणिज्य बैंकहरूलाई चिनियाँ मुद्रा युआनमा खाताहरू खोल्न मार्ग प्रशस्त गरेको थियो । यसको अर्थ चिनियाँ मुद्रामा आधारित सीमापार व्यापारलाई सुविधाजनक बनाउनु रहेको बताइएको छ ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया