बिपरजोय समुद्री आँधी भारतको गुजरात पुग्यो : तीव्र हावासहित ठूलो वर्षा

 असार १, २०८० शुक्रबार ६:१६:१६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अरब सागरबाट आएको शक्तिशाली समुद्री आँधी बिपरजोय भारतको उत्तरपश्चिम गुजरात पुगेको छ । हिजो बेलुका आँधी भारतको गुजरात र पाकिस्तानको सिन्ध प्रान्तनजिक पुगेको हो ।

आँधीका कारण गुजरातका द्वारका, जामनगर, मोरबी र राजकोटलगायत धेरै जिल्लामा ठूलो वर्षा र तीव्र गतिमा हावा चलेको छ । गुजरातका राहत आयुक्त आलोक पाण्डेले समुद्री आँधीको गति केही घटेको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । आँधीले पुर्याएकाे क्षतिको विवरण आउन बाँकी छ ।

पाकिस्तानको विपद् व्यवस्थापन निकायले आँधीका कारण कराँचीदेखि भारतको गुजरातसम्मको समुद्रमा अग्ला छाल आउनसक्ने सक्ने चेतावनी दिएको छ ।

यस्तै, मुम्बईका तटीय क्षेत्रमा जान मानिसहरूलाई रोक लगाइएको छ । भारत तथा पाकिस्तानका विभिन्न ठाउँबाट एक लाख ७० हजार जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । बाङ्गला भाषामा बिपरजोयको अर्थ ‘प्रकोप’ भन्ने हुन्छ । भारतमा ठूलो वर्षाका कारण यो हप्ता कम्तीमा ७ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया