युद्धविराम मध्यस्थताका लागि अफ्रिकी नेता युक्रेनमा

 असार १, २०८० शुक्रबार १८:१०:१० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा किभ र मस्कोबीच शान्ति स्थापनाका लागि मध्यस्थता गर्न चाहने अफ्रिकी नेताहरूको प्रतिनिधिमण्डलसहित शुक्रवार युक्रेन पुग्नुभएको छ । 

रुसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्न सेन्ट पिटर्सबर्ग जानुअघि चार राष्ट्रपति र तीन प्रतिनिधिले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग किभमा वार्ता गर्ने कार्यक्रम छ ।

गएको वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेपछि खाद्यान्नको बढ्दो मूल्य र विश्वव्यापी व्यापारमा परेको व्यापक प्रभावका कारण नराम्ररी प्रभावित भएको महाद्वीपको आवाजलाई उच्चस्तरीय कुटनीतिक टोलीले टेबलमा ल्याउने बताइएको छ । ‘राष्ट्रपति सिरिल रामाफोसा नेमिचेभ रेल स्टेशनमा आइपुग्नुभएको छ’, दक्षिण अफ्रिकी राष्ट्रपति कार्यालयले ट्वीट गरेको छ ।

रामाफोसासँगै सेनेगलका म्याकी सल र जाम्बियाका हाकाइन्दे हिचिलेमा र कोमोरोसका अध्यक्ष अजाली असौमानी पनि सहभागी हुनेछन् । युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनी, इजिप्टका अब्देल फत्ताह अल–सिसी र कङ्गो–ब्राजाभिलका राष्ट्रपति डेनिस सासु नगुएसोले भ्रमण दलमा आफ्ना प्रतिनिधि पठाएका छन् ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया