सूर्यविनायक-धुलिखेल सडक विस्तारकाे काम समयमै सक्न यातायातमन्त्रीको निर्देशन

 असार ३, २०८० आइतबार ७:४३:२८ | रासस
unn.prixa.net

काठमाण्डाै - भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीलाई  सूर्यविनायक-धुलिखेल सडक विस्तारकाे काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

हिजाे सूर्यविनायक-धुलिखेल सडक खण्डकाे अनुगमनका क्रममा मन्त्री ज्वालाले ताेकिएकाे समयभित्रै काम सक्न निर्देशन दिनुभएकाे हाे । 

उहाँले राम्रो काम गर्नेलाई पुरस्कृत र काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गरिने बताउनु भएकाे छ । मन्त्री ज्वालाको नेतृत्वमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललगायतको टोलीले सडक खण्डको अनुगमन गरेको थियो ।

सूर्यविनायक-धुलिखेल सडक खण्ड दुई खण्डमा विभाजन गरी अहिले सडक विस्तारको काम भइरहेको छ । अहिले सडकका दुवै किनारमा पर्खाल निर्माण भइरहेको छ । 

कुल १६ किलोमिटर लम्बाइ रहेको यस सडक खण्ड विस्तारको काम गएकाे वर्षदेखि सुरु गरिएको हो । झन्डै आठ अर्ब ४२ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको सडक खण्डमा तीन ठाउँमा पक्की पुलसमेत निर्माण गरिने आयोजनाका प्रमुख राजेन्द्र दासले जानकारी दिनुभयो ।

तीन वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको यो सडकमा २० मिटरको मुख्य र दायाँ-बायाँ पाँच-पाँच मिटरको सर्भिस लेन र साढे दुई मिटरको पैदलयात्रुमार्गको निर्माण गरिनेछ ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया