पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरूले ४० लाख रुपैयाँसम्म लिएको पाइएको छ । काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाख रुपैयाँसम्म लिएको स्वीकार गरेका छन् ।
पक्राउ परेका आठ जना कलाकार तथा युट्युबरमध्ये कतिले पाँच लाख कमाएको र कतिले ४० लाख रुपैयाँसम्म कमाइ गरेको बताएका कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज केसीले बताउनुभयो ।
गएकाे बिहीवार अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीसम्बन्धी प्रचार गरेको आरोपमा प्रहरीले बल्छी ध्रुवे भनिने कलाकार मरिचमान श्रेष्ठ र टेलिसिरियल खेलिरहेका राजु मास्टर भनिने राजु पौडेलसहित म्याकुरी भन्ने पवन खतिवडा, एलिश राई, ज्वलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र भटभटे माइला भनिने बेगम नेपालीलाई पक्राउ गरेको थियो । उनीहरूले पैसा लिएको स्वीकार गरेका केसीले बताउनुभयो ।
उनीहरूले कमिसनबापतको पैसा 'वान एक्स बेट' मार्फत सिधै दिने गरेको पनि पाइएको छ । केही कलाकारहरूलाई निगरानी गरिरहेको र सिजी वेटका विषमया समेत अनुसन्धान भइरहेको डा. केसीले बताउनुभयो ।
कलाकार एवम् युट्युबरले विज्ञापन गरी सट्टेबाजीमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै प्रहरीले 'अप्रेशन' चलाएको थियो । त्यसको अघिल्लो दिन अनलाइन बेटिङमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा बुधवारमात्रै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँच जना एजेन्टलाई पक्राउ गरेको थियो । उनीहरूले ७४ करोड रुपैयाँ कारोबार गरेको फेला परेको थियो । एक जना दिनेश खड्का भन्नेले मात्रै ६४ करोड रुपैयाँ कारोबार गरेको फेला परेको थियो । उनीहरूको मुद्दामा अहिले प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sudip sapkota
June 18, 2023, 7:50 p.m.1x bate को ठूलो एजेन्ट क्यान को अध्यक्ष चतुर बाहादुर चन्द हो किनभने npl Nepal premier League मुख्य प्रयोजन 1x bate ले गरेको थियो