भारतको मणिपुरमा पाँच सयभन्दा धेरै गिर्जाघरमा आगजनी

 असार ५, २०८० मंगलबार १२:५६:१० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको मणिपुर राज्यमा फैलिएको जातीय हिंसाका कारण त्यहाँकाे जीवनयापन अत्यन्तै जटिल बनेको छ ।

डेढ महिनाभन्दा बढी समयदेखि बढिरहेको हिंसाका कारण एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । हिंसाका कारण तीन सय ९० जना घाइते भएका र ५० हजार जनाभन्दा धेरै मानिस आश्रयस्थलमा पुगेका छन् । तर योभन्दा ठूलो सङ्ख्यामा मानिसहरू आफ्नै घर र समुदायमा कष्टकर जीवन जिउन बाध्य भएका बीबीसी हिन्दीले जनाएको छ ।

अहिले फरक जातका मानिससँग बोलचालसमेत बन्द भएको र यसले समुदायमा विभाजन ल्याइरहेको बीबीसी हिन्दीको अवलोकन प्रतिवेदनमा उल्लेख छ । जातीय हिंसा अहिले धार्मिक द्वन्द्वमा परिणत भइरहेको छ । पाँच सय आठ वटाभन्दा धेरै गिर्जाघरमा आगजनी भएको छ । धार्मिक अगुवा लक्षित आक्रमण बढेकाे स्थानीयले बताएका बीबीसी हिन्दीले जनाएको छ ।

मणिपुरको राजधानी इम्फालमा रहेको उच्च अदालतले सरकारलाई राज्यको सबैभन्दा ठूलो समुदाय मैतेईलाई पनि जनजातिको हैसियत दिन आदेश दिएपछि मैतेई र कुकी समुदायबीच झडप सुरु भएको हो । अदालतको आदेश कार्यान्वयन हुँदा मैतेई समुदायले सरकारी जागिर र उच्च शिक्षामा आरक्षण पाउँछन् । तोकिएका जनजातीय क्षेत्रहरूमा उनीहरूले थप भूमिमा पहुँच पनि पाउँछन् ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया