भारतको तमिलनाडुमा क्रिप्टोकरेन्सीका नाममा एक अर्ब भारतीय रुपैयाँ ठगी, आठ हजार जना पीडित

 असार ५, २०८० मंगलबार १४:५९:३८ | एजेन्सी
unn.prixa.net

भारतको तमिलनाडुमा क्रिप्टोकरेन्सीका नाममा एक अर्ब भारतीय रुपैयाँ ठगी भएको पाइएको छ ।

तञ्जावुर जिल्लाको कुम्भकोनममा क्रिप्टोकरेन्सीमा लगानी गरेका झण्डै ८ हजार जना व्यक्तिसँग एक अर्ब भारु ठगी भएको खुलेको बीबीसी हिन्दीले जनाएको छ । ठगीमा संलग्न ५ जना फरार रहेका र उनीहरुको कार्यालय पाँच महिनादेखि बन्द रहेको खबरमा उल्लेख छ ।

पीडित मध्येका एक अमानुल्लाहका अनुसार उनका एक साथी दुई वर्षअघि घर आएका थिए, जसले क्रिप्टोकरेन्सीमा १ लाख रुपैयाँ लगानी गरेमा मासिक १५ हजार रुपैयाँ दिने वाचा गरेका थिए । अमानुल्लाहले साथीको सल्लाहमा दुई लाख रुपैयाँ लगानी गरे र आफूले भनेजस्तै पहिलो महिनामा तीस हजार रुपैयाँ पाए । त्यसपछि उनी आफैँ पनि मान्छेलाई लगानी गराउने अभियानमा जोडिएका थिए ।  तर, बिस्तारै उनीहरुले मान्छ ठगी गर्न थाले ।

यस घोटालाको सिकार ९८ प्रतिशत मुस्लिम महिला हुन्, जसले आफ्नो बचत क्रिप्टोकरेन्सीमा लगानी गरिरहेका थिए। पीडितहरुले उजुरी दिएपछि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विस्तृत अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया