उड्डयन इतिहासकै ठूलो सम्झौता : इन्डिगोले ५५ अर्ब डलरमा पाँच सय वटा विमान किन्ने

 असार ५, २०८० मंगलबार १७:३८:४ | एजेन्सी
unn.prixa.net

भारतको इन्डिगो एअरलाइन्सले फ्रान्सको जहाज निर्माता कम्पनी एअरबससँग पाँच सय वटा विमान खरिद गर्न सम्झौता गरेको छ । पेरिसमा चलिरहेको एअर शोका क्रममा इन्डिगोले यो कीर्तिमानी सम्झौताको घोषणा गरेको हो ।

एकैपटक पाँच सय वटा जहाज खरिदको सम्झौता हवाई उड्डयनको इतिहासमा अहिलेसम्मकै ठूलो सम्झौता भएको बीबीसी हिन्दीले जनाएको छ । पाँच सय वटा जहाज किन्नको लागि इन्डिगोले ५५ अर्ब अमेरिकी डलर अर्थात् ४५ खर्ब १५ अर्ब भन्दा धेरै भारतीय रुपैयाँ लगानी गर्नेछ । यी जहाजहरु सन् २०३० देखि २०३५ को बीचमा डेलिभरी हुनेछन्  ।

एअरबसका मालिक गैलम फोरीले यो सम्झौतालाई एक कोसेढुङ्गाको रूपमा वर्णन गर्दै यति ठूलो सम्झौता अहिलेसम्म सायदै कसैले गरेको उल्लेख गर्नुभएको छ । सन् २००६ मा स्थापना भएको इन्डिगो कम्पनीसँग अहिले तीन सय वटा विमान छन् भने यसअघि नै पाँच सय वटा विमान अर्डर खरिसकेको छ । अबको ११ वर्षपछि इन्डिगोसँग  १३ सय वटाभन्दा धेरै विमान हुनेछन् । अहिले भारतीय आन्तरिक उडानको ६० प्रतिशत हिस्सा इन्डिगो कम्पनीले ओगटेको छ ।

इन्डिगो भारतको कम लागतको एअरलाइन्स कम्पनी हो । यो वर्षको सुरुमा अर्को भारतीय एअरलाइन्स टाटाले ४ सय ७० वटा एअरबस र बोइङ विमान किन्ने सम्झौता गरेको थियो । 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया