चीन र पाकिस्तानबीच परमाणु ऊर्जा केन्द्र बनाउन सम्झौता

 असार ६, २०८० बुधबार १०:४:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीन र पाकिस्तानबीच परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार चीनले पाकिस्तानमा १२ सय मेगावाट क्षमताको परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने छ  । उर्जा केन्द्र पाकिस्तानको पञ्जाब प्रान्तमा स्थापना हुने छ ।

चाइना नेसनल न्युक्लियर कर्पोरेसन ओभरसिज लिमिटेड र पाकिस्तान अटोमेटिक इनर्जी कमिसन बीच भएको सम्झौता अनुसार चाँडै काम सुरु हुने पाकिस्तानका प्रधानमन्त्री सहबाज शरिफले बताउनुभएको रोयटर्सले जनाएको छ ।

परमाणु केन्द्रका लागि चीनले चार अर्ब ८० करोड अर्ब अमेरिकी डलर लगानी गर्ने छ  ।

प्रधानमन्त्री शरिफले पाकिस्तान र चीनबीचको सम्बन्ध बलियो हुँदै गएको पनि दाबी गर्नुभयो ।

चीनले बेल्ट एन्ड रोड इनिसिटिभ प्रोजेक्टअन्तर्गत पाकिस्तानलाई ६५ अर्ब डलर सहयोग गर्ने पनि जनाएको छ  । पाकिस्तानले पछिल्लो समय आर्थिक संकट झेलिरहेको छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • भिम बोगटी

    June 21, 2023, 11:23 a.m.

    Good

  •  0 Reply

तपाईको प्रतिक्रिया